नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि जेल मुक्त
बेइजिङ, १२ असार । जेलमा हुदै नोबेल पुरस्कार पाएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि जेल मुक्त गरिएकोे छ ।
गत मे महिनाको २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित उनलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त भएको उनका वकीलले एएफपीलाई सोमबार जानकारी दिए ।
लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।
लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि पुरा गरेका छन् ।
लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघि देखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको छ ।
“उनीसँग कुनै विषेश योजना छैन, केबल आफूलाई लागेको रोगको उपचार गर्नेछन्,” उनका वकील मो साओपिङले भने ।
अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए ।
उनी सन् २००९ देखि जेलउका थि जीवन बिताइरहेको र जेलमै रहेका वेला एक बर्षपछि पुरस्कृत भएका थिए। रासस/सिन्ह्वा
सम्पर्क इमेल : [email protected]