पीजीमा भर्ना हुन नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, ११ असार । सबै योग्यता पुगेर पनि निजी मेडिकल कलेजमा आफूहरुले भर्ना नपाएको भन्दै स्नातकोत्तर तहका १२ जना विद्यार्थीले निवेदन मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डीन कार्यालयलाई पत्र लेखि उनीहरुले बोदार्थ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पत्रमा शिक्षामन्त्रालय, त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षलाई समेत बोधार्थ दिइएको छ ।
प्रवेश परीक्षा पास गरी त्रिविद्धारा गत ७ असारमा लिइएको ओपन हाउस काउन्सिलिङबाट समेत छनौटमा परेर पनि आफूहरु भर्ना हुन नपाएको उनीहरुको गुनासो छ । उनीहरुले निजी मेडिकल कलेजहरुले धेरै पैसा दिनेहरुलाई योग्यताक्रम समेत उल्लंगन गरी भर्ना लिएको आरोप समेत लगाएका छन् ।
हेरौँ उनीहरुको पत्र :
सम्पर्क इमेल : [email protected]