एक महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

काठमाडौँ,१० असार । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरि एक महिलाको पेटबाट ३५ किलो तौलको ट्युमर निकालेका छन् । उनीहरुले निकालेको यो ट्युमर संसारकै सबैभन्दा ठूलो भएको दावी गरेका छन् ।

गत बुधबार डा. आस्मा राणाको टोलीले रामेछाप गोठगाँउकी ४६ बर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरि ट्युमर निकालेका हुन् । विगत ७ बर्ष देखि पेट बढ्दै गएको र पछिल्लो एक बर्ष यता तिव्रगतिमा पेट बढ्न थाले पनि दलित परिवारले आर्थिक अभावको कारण उपचार गर्न सकेको थिएन । गत साता त्रिवि शिक्षण अस्पतालमा आएकी उनको अहिले भने नि:शुल्क रुपमा उपचार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका बरिष्ठ प्याथोलोजिष्ट डा. अभिमन्यु झाले ट्युमर झिकेपछि विरामीको अवस्था सामान्य उन्मुख भएको बताए । अहिले पोष्टअपमा राखिएको छ र अवस्था सामान्यउन्मुख छ । उनले यो ट्युमर कति खतरनाक हो भनेर जाँच्ने काम भइरहेको बताए ।

डा. झा का अनुसार पाठेघरको दाँया भागमा पलाएको ट्युमरले पाठेघर सहित डिम्वासय, डिम्बाबाहिनी नलि लगायतका सबै भागलाई थिचेको थियो । ‘सोही कारण चिकित्सकहरुले ट्युरम सहित पाठेघर डिम्बासय तथा डिम्बाबाहिनी नलि समेत झिकिदिएका छन् । त्यो नझिनी नमिल्ने अवस्थामा थियो । त्यसैले झिकिएको हो,’ डा. झाले भने ।

उनले ट्युमरको प्रारम्भिक जाँच गर्दा बायाँ तर्फको डिम्बाबाहिनी नलि तथा पाठेघर नर्मल देखिएको जानकारी दिए । तर अर्को भागको नलि नदेखिएको बताए । पोष्टअप वार्डमा राखिएकी दिलमायालाई गरीव तथा विपन्नले पाउने निशुल्क कोटाबाट उपचार भइरहेको बताइएको छ ।

झिकिएको ट्युमरलाई चिरेर थप प्रयोगशाला परीक्षण गर्दै डा. झा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *