डडेल्धुरामा खाद्यसुरक्षा र पोषणको अधिकारमा जोड
डडेल्धुरा, ३ असार । बजारमा पाइने विभिन्न खाले कृतिम सामग्रीको माग बढिरहेको बेला खाद्य सुरक्षा गर्न र पोषणयुक्त आफ्नै बारिमा विषादीरहित उत्पादनलाई बढाउन सरोकारवालालाई आग्रह गरिएको छ ।
सन्तुलन भोजन र पोषणका बारेमा जानकारी नहुँदा धेरै गर्भवती आमा र बच्चा कुपोषणको सिकार हुनका साथै विभिन्न किसिमका रोग देखापर्ने भएकाले यहाँ सरोकरवाला सरकारी गैरसरकारी संस्थाले सो सम्बन्धी पैरवी गरेको हो ।
कृषि तथा खाध सुरक्षा कार्यक्रमको सहयोगमा जिल्ला स्वास्थ्यकार्यालयले गरेको छलफलमा कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय जिल्ला स्वास्थ्य कार्यालय लगायतका थुप्रै सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले आफनो प्रस्तुति राखेका थिए ।
नेपालको संविधान २०७२ अनुसार सम्पूर्ण नागरिकले पोषिलो खानेकुरा पाउनु उसको मौलिक हक हो ।
आगामी आर्थिक वर्षका लागि पनि विभिन्न कार्यक्रम रहेकोमा चाँडै कार्यान्वयन हुने स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले यस जिल्लामा लागू हुने बताए। खाद्य सुरक्षा र सबै नागरिकले पोषणयुक्त खानेकुरा पाउनुपर्ने सरोकारवालाको भनाई छ । रासस
सम्पर्क इमेल : [email protected]