जनस्वास्थ्य विषयको पहिलो सीपीएचई कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ असार । नेपालमै पहिलो पटक जनस्वास्थ्यको विषयमा कन्टिन्युयिङ पब्लिक हेल्थ एजुकेशन(सीपीएचइ) आयोजना भएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आयोजनामा शुक्रबार जनस्वास्थ्य शिक्षाको निरन्तरता नामक (सीपीएचई) आयोजना भएको हो ।

सो सीपीएचईमा दयालक्ष्मी बैद्य( जोशी)ले स्कुले बालबालिकामा क्यान्सर जोखिम न्युनिकरण गर्न क्यान्सर सम्वन्धी शिक्षाको महत्व शीर्षकमा आफ्नो प्रस्तुति दिएकी थिइन ।

उनले क्यान्सर रोगको परिचय, विद्यालयमा पढ्ने बालबालिकामा यस सम्वन्धी ज्ञानको अभाव तथा बालबालिकालाई यस सम्वन्धी जानकारी दिदै गर्दा यसले समाजमा क्यान्सर रोगको रोकथाम गर्ने उपायका बारेमा समेत बताएकी थिइन ।

कार्यक्रममा जनस्वास्थ्य विषयमा अध्ययन गरिरहेका विद्यार्थी शिक्षक स्वास्थ्यकर्मी अनुसन्धानकर्ता तथा अन्य विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले यस्तो कार्यक्रम समय समयमा हुनुपर्ने र यसले जनस्वासथ्य शिक्षाको गुणस्तर अभिबृद्धिमा मद्दत पुग्ने बताएका थिए ।

प्रत्येक अंगेजी महिनाको तेस्रो शुक्रबार आयोजना हुने यस सीपीएचई कार्यक्रमको मुख्य उदेश्य जनस्वास्थ्य क्षेत्रमा भईरहेका विभिन्न खोज अनुसन्धान तथा कार्यक्रमहरुको बारेमा अनुभव आदानप्रदान गर्नु रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *