डा. किरण रेग्मी स्वास्थ्य सचिव हुने निश्चित

डा. किरण रेग्मी

काठमाडौँ, १ असार । स्वास्थ्य सचिव डा. किरण रेग्मी हुने निश्चित भएको छ । आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्रमुख विशेष समेत रहेकी बाह्रौँ तहकी डा. रेग्मीको नाम मात्रै सिफारिस गरेपछि उनी सचिव हुने निश्चित भएको हो । डा. रेग्मीलाई सम्भवत आगामी मन्त्रिपरिषदको बैठकले सचिवमा बढुवा गर्नेछ ।

बढुवा सिफारिस समिति स्रोतका अनुसार बाह्रौ तहको एक जना मात्रै भएको र सो तहको हुँदा हुँदै एघारौँ तहको व्यक्तिलाई सिफारिस गर्ने नमिल्ने निष्कर्षका साथ उनको मात्रै नाम सिफारिस गरिएको हो ।

यसअघि आजै दिउसो समितिले १२ औँ तहका लागि सिफारिस भएका पाँच जना सहित नौँ जनाको कासमु विवरण मागेको थियो । सोही अनुसार मन्त्रालयले डा. रेग्मी सहित नौ जनाको विवरण पठाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *