आफ्नै ‘रेकर्ड’ तोड्दै कर्माचार्यद्धारा १५० पटक रक्तदान

काठमाडौँ, २४ जेठ । स्वयंसेवी रक्तदाता समाजका अध्यक्षले १५० पटक रक्तदान गरेका छन् । बागबजारस्थित सिटिस्क्वायर सेन्टरमा आयोजित विशेष समारोहमा स्वयंसेवी रक्तदाता समाजका संस्थापक अध्यक्ष दिव्यमणी दिक्षितले व्लड व्याग हस्तान्तरण गरेपछि कर्माचार्यले १५० औँ पटक रक्तदान गरेका हुन् ।

५२ बर्षीय कर्माचार्यले १६ बर्षको उमेर देखि नै हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका छन् ।

यसैबीच १५० पटक रक्तदान गरी सबैभन्दा बढी पटक रक्तदान गर्ने रेकर्ड समेत राखेका कर्माचार्यलाई नेपाल रेडक्रस सोसाइटीले स्वर्ण पदकद्धारा सम्मान गरेकोछ । त्यस्तै अष्ट्रेलियन रेडक्रसले डोनर पिन पठाएको छ । दुबै पदकहरु नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैकका निर्देशक डा मनिता राजकर्णीकारले हस्तान्तरण गरिन ।

त्यसो त कर्माचार्य बढि पटक रक्तदान गर्ने मात्रै होइनन् । काठमाडौँ उपत्यकाका लागि सिंगो व्लड व्यवस्थापक हुन् । कतिपयले उनलाई व्लड बैंककै नाम दिएका छन् । कतै रगत नपाएपछिका विकल्प समेत हुन् कर्माचार्य ।

कर्माचार्यको सम्मानमा स्वयंसेवी रक्तदाता समाजले आजै बागबजारमा बृहत रक्तदान कार्यक्रम समेत सञ्चालन गरेको छ । त्यस्तै अल्का अस्पतालसंगको सहकार्यमा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

कर्माचार्यलाई सम्मान गर्न भर्खरै निर्वाचित स्थानीय २८ नम्बर वडाका जनप्रतिनिधिहरु पुगेका रक्तदानस्थल पुगेका थिए । त्यस्तै स्वयंसेवी रक्तदाता समाज तथा स्थानीय सर्वसाधारणले रक्तदान गरेका थिए ।

रक्तदान गरेपछि सम्छिप्त प्रतिक्रिया दिँदै कर्माचार्यले निश्चित अवधी पछि शरीरबाट खेरजाने रगत कसैको जीवन उपयोगी हुन्छ भने किन नगर्ने भन्ने मनसायले लागेको बताए ।

उनले स्कुल पढने बेला देखि नै बीर अस्पतालको छेउमा रहेको लक्ष्मि व्लड बैकमा रक्तदान गरेको देखेपछि रहर जागेको बताए । उनले बुझने भइसकेपछि भने आफूले दान गर्ने र अरुलाई पनि दान गर्न लगाउने कार्यमा सक्रिय भएको बताए ।

आफूलाई थाह नभएर १६ बर्षको उमेरमा सुरु गरेपनि अरुलाई भने १८ बर्षपछि नियमित रक्तदान गर्न उनी सुझाव दिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *