गैरकानुनीरुपमा सञ्चालित फार्मेसी तथा स्वास्थ्य संस्था कानुनी कारबाहीमा

काठमाडौँ, २४ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले मंगलबार काठमाडौँको विभिन्न औषधि पसल तथा अस्पतालको अनुगमन गरी गैरकानुनीरुपमा सञ्चालित फार्मेसीलाई कारबाही गरेको छ ।

विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्राङ्गणमा रहेको भेनस फार्मेसीको सञ्चालनमा रोक लगाउनाका साथै सिलबन्दी गरिदिएको छ ।

टोलीले सो फर्मेसीको दर्ता प्रमाणपत्रको नवीकरण तीन महिनादेखि नभएको, मूल्य नियन्त्रणभित्र पर्ने ग्रासिड नामक औषधि रु ६० पर्नेमा रु १२० मा बिक्री गरिरहेको, म्याद गुज्रेको औषधिलाई मितिको अंश हटाई औषधि बिक्री गरिरहेको तथा यसअघि फिर्ता गर्न आदेश दिइसकिएको औषधि फिर्ता नगरी बिक्री गरिरहेको पाइएको थियो ।

यस्तै प्रदीप पोखरेल सञ्चालक रहेको भरोसा अस्पताल, सुभास भण्डारी सञ्चालक रहेको पूर्वेली फार्मेसी, सुमन सापकोटा सञ्चालक रहेको राजश्री मेडिकल हल, भरोसा डेन्टल क्लिनिक, गङ्गा हर्ट क्लिनिक प्रालि, क्युटिस प्रालि, श्रीस फार्मेसी र इलाइट फर्मा गरी कुल आठवटा फार्मेसी तथा अस्पतालको अनुगमनका क्रममा व्यवसयीले ग्राहकलाई दिइने बिल ऐन तथा नियमले निर्धारितअनुसार नराखेको, चिकित्सकको स्वीकृतिमा मात्र बिक्री गर्नुपर्ने लागुऔषधसम्बन्धी औषधिको दर्ता व्यवस्थित तरिकाले नराखेको पाइएकाले व्यवस्थित रुपमा राख्न निर्देशन दिइएको छ ।

साथै ती औषधि पसलमा सप्लिमेन्ट्री औषधि नामक औषधि सम्बन्धित कम्पनीलाई फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

त्यस अवसरमा टोली संयोजक अधिकारीले विभागले वर्षभरि नै नियमितरुपमा औषधि फार्मेसी तथा अस्पतालमा अनुगनम गर्दै आएका कारण धेरै सुधार देखिएको बताउँदै तर पनि केही औषधि फार्मामा म्याद गुज्रेको औषधि पाइएको, दर्ता प्रमाणपत्र देखाउन नसक्ने तथा दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको जानकारी दिए ।

उहाँले औषधि पसललाई म्याद गुज्रेको औषधि राख्ने छुट्टै व्यवस्था गर्न, बिक्री बिल कानुन र नियमले तोकेअनुसा र राख्न लगाउन, लागुऔषधसँग सम्बन्धित औषधि चिकित्सकको स्वीकृतिमा मात्र बिक्री–वितरण गर्न र त्यसको अभिलेख राख्न निर्देशन दिएको बताए ।
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत धिरज न्यौपानेले आफूले औषधि फार्मेसीको दर्ता, औषधिको म्याद गुज्रे/नगुज्रेको निरीक्षण तथा सप्लिमेन्ट्री औषधि फिर्ताको आदेश दिएको जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्चका सदस्य रामजी सापकोटाले सरकारले नियमित रुपमा अनुगमन भइरहेको कारण अधिकांश औषधि व्यवसायीले दर्ताको प्रमाणपत्र देखाएको, केही औषधि पसलमा म्याद गुज्रेको पाइए पनि पहिलेभन्दा सुधार भएको र कारबाही नै गर्ने अवस्थामा कमी आएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “गैरकानुनीरुपमा सञ्चालित फार्मेसी तथा स्वास्थ्य संस्था कानुनी कारबाहीमा

  1. I appreciate the work you people are doing regarding the investigations of different pharmacies that are not running according to the rules but I am very disappointed of your decision of sealing the supplies of Venus pharmacy yesterday.There are still many inpatients in wards and ICU of venus hospital.What if they require any drug in an emergency condition?Have you guys ever thought of that?What if patients come to an Emergency Room and not get immediate treatment because of short of emergency drugs?Will it be fair if you guys seal the hospital pharmacy without keeping in mind that you are limiting the accessibility of drugs required to save the lives of patients those who are already admitted to the hospital?Great job but you guys still lack sense of understanding and proper decision making!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *