घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।
त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।
नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् ।
पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् ।
घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]