संघीय संरचनामा ‘फिट’ हुन परिषद्ले लियो विज्ञका सुझाव
काठमाडौँ, १९ जेठ । मुलुकमा संघीयता कार्यान्वनय हुँदै गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि आफ्नो संरचना र भूमिका स्पष्ट पार्न खोजेको छ । परिषदले शुक्रबार स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई राखी संरचना र भूमिकाका बारेमा सुझाव माग गरेको छ ।
परिषदका कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले मुलुकमा संघीयता कार्यान्वयन हुँदै गर्दा एनएचआरसीको संरचना र भूमिका कस्तो रहने भन्ने विषयमा विज्ञसंग छलफल भएको बताए ।
‘आजको बैठक खासगरी तीन चारवटा विषयमा केन्द्रीत थियो । पहिलो त संरचना कस्तो हुने ? दोस्रो थियो प्रिन्सिपल इन्भेष्टिगेटर स्वदेशी नै राख्नुपर्ने भन्ने कुरा , अर्को प्रदेश तथा स्थानीय तहमा एनएचआरसीले कसरी फेसिलेट गर्ने भन्ने कुरा र नयाँ नीति बनाउने कुरा । यहि विषयमा छलफल केन्द्रीत भयो,’ अध्यक्ष डा. झाले भने ।
कार्यक्रममा परिषदका सदस्य सहित स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागीता थियो । उनीहरुले बदलिँदो संरचनामा एनएचआरसीले चाल्नुपर्ने कदमको बारेमा सल्लाह दिएका थिए ।
सम्पर्क इमेल : [email protected]