स्वास्थ्यको कुल बजेट ३१ अर्व ७८ करोड : कसको भागमा कति पर्‍यो ?

काठमाडौँ, १६ जेठ । केन्द्रीय सरकारमा रहने स्वास्थ्य मन्त्रालयका लागि सरकारले यसबर्ष ३१ अर्व ७८ करोड १० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

धेरै कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुने र त्यसका लागि अलग्गै बजेटको व्यवस्था गरेको भन्दै मन्त्रालयले केन्द्रीय मन्त्रालयका लागि सो रकम छुट्याएको हो ।

अर्थ मन्त्रालयका अनुसार स्वास्थ्यलाई छुट्याइएको कुल बजेटमध्ये २३ अर्व ५८ करोड ५० लाख ८६ हजार नेपाल सरकार र ५ अर्व ३४ करोड ५६ लाख १३ हजार रुपैयाँ बैदेशिक अनुदानबाट प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै २ अर्व ८५ कारोड ४ लाख रुपैयाँ ऋणबापत प्राप्त हुने समेत उल्लेख गरेको छ ।अघिल्लो बर्ष बजेटमा स्वास्थ्यलाई ३६ अर्व ६६ करोड ३९ लाख २८ हजार बजेट अनुमान गरिएको थियो ।

चालु खर्च तर्फ मन्त्रालयकै लागि ९ अर्व ६९ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।जसको सबैभन्दा ठूलो हिस्सा अर्थात ५ अर्व १० करोड ८७ लाख तलवमा खर्च हुन्छ ।

त्यस्तै स्वास्थ्य सेवा विभागका लागि यसबर्ष १४ अर्व ३६ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । सो मध्येमा तलवमा मात्रै ९ अर्व २१ करोड ३९ लाख रकम खर्च हुनेछ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरुका लागि यसबर्ष चालु तर्फ ११ अर्व ४४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । अघिल्लो बर्ष यहि शीर्षकमा ९ अर्व १० करोड ३३ लाख बजेट विनियोजन अनुमान भएको थियो ।

त्यस्तै प्राथमिक स्वास्थ्य सेवा तर्फ (जनस्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र चौकी तथा उपचौकीहरुका लागि यसबर्ष चालु खर्चतर्फ १ अर्व १६ करोड ९८ लाख ९७ हजार रुपैयाँ बजेट अनुमान गरिउको छ । अघिल्लो बर्ष यहि शिर्षकमा ७ अर्व ४९ करोड ९१ लाख ४२ हजार रुपयाँ अनुमान गरिएको थियो । यसपटक प्राथमिक स्वास्थ्य सेवाका प्राय सबै कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्ने भएकोले केन्द्रको रकममा कटौती भएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै स्वास्थ्य तालिम केन्द्र( क्षेत्रीय र उपक्षेत्रीय समेत) गरी यसबर्ष ५ अर्व ८९ करोड ८९ रकम अनुमान गरिएको छ । त्यस्तै क्षेत्रीय तथा अंचल अस्पतालकालागि १ अर्व ९ करोड २९ लाख रुपैयाँ अनुमान गरेको छ । औषधि व्यवस्था विभागका लागि १४ करोड २२ लाख ९१ हजार रुपैयाँ, आयुर्वेद विभागका लागि १७ करोड ९१ लाख १२ हजार रुपैयाँ, आयुर्वेद चिकित्सालय तथा औषधालयहरुका लागि ७ करोड ७५ लाख ४८ हजार रुपैयाँ चालुखर्च विनियोजन भएको छ । पशुपति होमियोपेथि चिकित्सालय र युनानी औषधालयका लागि १ करोड ८९ लाख ५७ हजार रुपैयाँ छुट्याइएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( बीर अस्पताल समेतलाई) १ अर्व २७ करोड ७५ लाख रुपैयाँ, कान्ति बाल अस्पताललाई २१ करोड ८४ लाख, सरुवा रोग अस्पताललाई १३ करोड ३३ लाख, प्रसूतिगृह अस्पताल थापाथलीलाई २९ करोड ६८ लाख ९६ हजार रुपैयाँ चालु शीर्षकमा बजेटको व्यवस्था भएको छ । त्यस्तै नेपाल आँखा अस्पताललाई ३ करोड २५ लाख रुपैयाँ, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ३६ करोड, मनमोहन कार्डियोथोरासिक महाराजगञ्जलाई २५ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै शहीद गंगालाल हृदयकेन्द्रलाई ६६ करोड ५ लाख रुपैयाँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्य ६७ करोड ८४ लाख ९२ हजार रुपैयाँ, रामबृक्ष यादव स्मृति केन्द्रलाई २० लाख, सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र त्रिवि शिक्षण अस्पताललाई ३२ करोड, क्षयरोग नियन्त्रण केन्द्रका लागि ९९ करोड ३० लाख ४७ हजार रुपैयाँ छुट्याएको छ । एडस तथा यौनरोग नियन्त्रण केन्द्रका लागि ९६ करोड ५१ लाख ९८ हजार रकम छुट्याएको छ ।

एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रम ४५ करोड ७३ लाख १७ हजार रुपैया, एकीकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रमका लागि २ अर्व ९४ करोड ४२ लाख ३१ हजार रुपैयाँ छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका लागि २४ करोड ५२ लाख ८७ हजार रकम छुट्याएको छ । सामाजिक स्वास्थ्य सुरक्षा ( स्वाथ्य विमा कार्यक्रम)का लागि २ अर्व, मानव अंग प्रत्यारोपण केन्द्रका लागि २५ करोड ३० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

त्यस्तै इपिडिमियोलोजी औलो कालाज्वर नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा ७४ करोड ४९ हजार ५५ हजार रुपैयाँ, अपांगता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम ९ करोड ८१ लाख ४ हजार रुपैयाँ चालु खर्च हुने अनुमान छ । त्यस्तै औषधि र उपकरण आपूर्तिमा ४९ करोड २० लाख रुपैयाँ ।

अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली १ अर्व ५० करोड ४२ लाख २७ हजार खर्च हुने अनुमान छ । राष्ट्रिय तालिम कार्यक्रमका लागि २० करोड ९५ लाख ९९ हजार, किटजन्य रोग नियन्त्रण् ाकार्यक्रमलाई ३ करोड ३० हजार रुपैयाँ, स्वास्थ्य प्रयोगशाला सेवा २७ करोड १६ लाख ५४ हजार रुपैयाँ ।

स्वास्थ्य कर कोषबाट सञ्चालित कार्यक्रमका लागि ५० करोड रुपैयाँ, विविध कार्यक्रम( आयुर्वेद विभाग) का लागि ६ करोड ६२ लाख ८४ हजार, सिंहदरबार बैद्यखाना ३ करोड ३४ लाख २० हजार, विपी कोइराला नेत्र अध्ययन केन्द्र २ करोड ६० लाख रुपैयाँ नेपाल नेत्र ज्योतिसंघ ६ करोड ३३ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद ७ करोड ८८ लाख, अनुगमन मुल्यांकन तथा योजना सुदृडीकरण २ अर्व ११ करोड ६४ लाख ७७ हजार रुपैयाँ, प्राथमिक स्वास्थ्य पुर्नजागरण कार्यक्रम १ अर्व २० करोड ४५ लाख ३० हजार, ग्रामिण सामुदायिक जनस्वास्थ्य आधारभुत स्वास्थ्य तथा नमूना स्वास्थ्य गाँउ कार्यक्रम १५ करोड ५९ लाख ८२ हजार रुपैयाँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ५३ करोड १७ हजार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७ करोड ८० लाख रुपैयाँ, एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना ४० करोड ६ लाख ७० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै एकीककृत जिल्ला स्वास्थय कार्यक्रमका लागि ३ अर्व ९८ करोड ८६ लाख ६२ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *