सिरडी साई मन्दिरमा अनसन बस्दै डा. गोविन्द केसी
काठमाडौँ, १४ जेठ । विगतका सम्झौँता कार्यान्वनय हुनुपर्ने तथा प्रधानन्यायधीश सुशीला कार्कीलाई लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने मुख्य माग राखी एघारौँ अनसन बस्न दाङ पुगेका डा गोविन्द केसीले केही बेरमा अनसन सुरु हुने बताएका छन् । घोराही स्थित सिरडी साई मन्दिर पुगिसकेका उनले चार बजे पछि अनसन सुरु हुने बताएका हुन् ।
शनिबार (हिजो) नै चार बजेबाट अनसन सुरु गर्ने तयारीमा रहेका डा केसीलाई स्वास्थ्य मन्त्री गगन थापाले समय मागेपछि एक दिनका लागि उनले अनसन स्थिगित गरेका थिए । ‘उहाँहरुले अघि २ बजेसम्मका लागि समय मागेको हो । अव ४ बजेबाट अनसन सुरु हुन्छ,’ डा केसीले टेलिफोनमा भने ।
राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्ने भनेर काठमाडाँैबाट हिडेपनि अस्पताल प्रशासनले स्थान उपलव्ध नगराएपछि उनी अस्पताल नजिककैको मन्दिर परिषरमा अनसन बस्न थालेका हुन् ।
‘यो ठाँउ पनि अस्पतालबाट नजिकै छ । यहि बस्ने प्रवन्ध भएको छ,’ मन्दिर परिषरमा पुगेका डा केसीले भने ।
सम्पर्क इमेल : [email protected]