अत्यधिक रक्तश्रावका कारण गर्भवती महिलाको मृत्यु
जुम्ला, १३ जेठ । अत्यधिक रक्तश्रावका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी २७ बर्षीया ज्ञानु भट्टराईको मृत्यु भएको हो ।
जिल्ला सदरमुकामबाट २० किलोमिटर टाढा घर भएकी भट्टराईलाई व्यथा लागेका २४ घण्टा सम्म अस्पताल लगिएको थिएन । तर जतिवेला लगियो उनलाई अस्पताल पुरयाउनै सकिएन ।
बिहीबारदेखि व्यथा लागे पनि तत्काल अस्पताल आउन नमान्दा शुक्रबार मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याएका हौँ तर
बाटोमा श्रीमतीको प्राण गयो,’ मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिए । भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले समेत पुष्टी गरेको छ ।
भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिए । “गर्भवतीलाई बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो” डा शाहले भने ।रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको उनको भनाइ छ ।
डा शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो । रासस
सम्पर्क इमेल : [email protected]