निर्णय सच्याउन भन्दै आयातकर्ताद्धारा औषधि व्यवस्था विभाग घेराउ
काठमाडौँ, १२ जेठ । आयातित औषधिमा रोक लगाउने निर्णय भएको भन्दै सरकार विरुद्ध आन्दोलित औषधि आयात कर्ताहरुले आज औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् । विहान साढे १० देखि १२ बजेसम्म परिषर बाहिर जम्मा भएका उनीहरुले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।
धर्नामा औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधी संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ को सम्लग्नता रहेको छ ।
कार्यक्रमकै बीचमा आयोजित कोणसभालाई सम्वोधन गर्दै औषधि आयताकर्ता संघका महासचिव पवन आचार्यले जनतालाई सुलव दरमा गुणस्तरीय औषधि उपलव्ध गराउन आफूहरुको आन्दोलन केन्द्रीत रहेको बताए ।
उनले स्वदेशी उद्योगलाई प्रमोशन गर्ने सरकारको नीतिलाई आफूहरुले विरोध नगरेको भन्दै प्रमोशनका नाममा आफूहरुलाई निषेध गर्ने नीतिको मात्रै विरोध गरेको बताए ।
‘स्वदेशी उत्पादन भन्दा हामीले ल्याउने औषधि सस्ता छन् र गुणस्तरीय पनि छन् । त्यसैले जनताले उचित दाममा उचित औषधि खान पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।
कार्यक्रममा अन्य संस्थाका प्रतिनिधीहरुले पनि सम्वोधन गर्दै निर्णय खारेजीको माग गरेका थिए ।
निर्णय भएको थाह छैन : निमित्त महा निर्देशक क्षेत्री
उता औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले औषधि आयातमा निषेध गर्ने निर्णय सरकारले गरेको भन्ने बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।
उनले आयातकर्ताको आन्दोलन शंकाका भरमा अघि बढेको टिप्पणी गरे । ‘मलाई थाह छैन तर उहाँहरुले निर्णय भयो भनेर आन्दोलन गर्नु भएको छ । मेरो विचारमा यो शंकाको भरमा गरिएको आन्दोलन हो’ उनले भने ।
यता आयातकर्ताहरुको आन्दोलन विभाग केन्द्रीत भएपनि विभागका महानिर्देशक नारायण ढकाल भने विगत १० दिन देखि देश बाहिर छन् । तीन दिनको कार्यक्रममा लागि भन्दै गत १५ मे मा स्वट्जरल्याण्डका गएका उनी विश्व स्वास्थ्य संगठनको ७० औँ महासभामा समेत सहभागी भएका छन् ।
सम्पर्क इमेल : [email protected]