मेट्रो काठमाडौँ हस्पिटलद्धारा ‘मर्निङ्ग वाक’ वालाको स्वास्थ्य परीक्षण
, ११ जेठ । विश्व थाइराइड दिवसको अवसर पारि चक्रपथस्थित मेट्रो काठमाडौँ हस्पिटलले मर्निङ वाकमा निस्कने सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर राखेको छ ।
धुम्बाराहीस्थित शंखपार्कमा परिषरमा वुधबार र विहीबार राखिएको सो शिविरमा मर्निङ वाकमा आएका ४२० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो क्रममा ७९ जनामा मधुमेह रोगको समस्या पाइएको थियो ।
हस्पिटलका कार्यकारी निर्देशक प्रकाश वलीका अनुसार शिविरमा प्रेसर, सुगर लगायतका विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरिएको थियो ।
यता थाइराइड दिवसकै अवसरमा हस्पिटलले बुधबार र विहीबार थाइराईड फङसन टेष्ट परीक्षण गर्न आउनेलाई ५० प्रतिशत छुट दिएको छ ।
शिविरमा परीक्षण गरी रिफर भएकाहरुलाई समेत हस्पिटलमा आजसम्म थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिएको छ ।
सम्पर्क इमेल : [email protected]