जापानीज इन्सेफ्लाईटिस रोग विरुद्धको ‘जेई’ खोप अभाव

काठमाडौँ, १० जेठ । जापानीज इन्सेफ्लाईटिस रोग विरुद्धको खोप (जेई भ्याक्सिन) अभाव देखिएको छ । पुरानो स्टक सकिएको र नयाँ आउन समय लाग्ने भएपछि अभाव देखिएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका चाईनाबाट ल्याउने प्रक्रिया लम्विदै गर्दा खोपको केही अभाव हुनसक्ने संकेत गरेको छ । यद्धपी सरकारी स्वास्थ्य संस्थाहरुमा अहिले ठूलो अभाव भईनसकेको उसले दावी गरेको छ ।

बाल स्वास्थ्य महाशाखा अन्तर्गतका खोप प्रमुख कृष्ण चन्दले जेई आयात गर्ने क्रममा प्रक्रियागत केही ढिलाई भएको भन्दै खोप आउने क्रममा रहेकोले धेरै दिन अभाव नहुने बताए । ‘हिजो अस्ति सम्म खोप सामान्यत पाईएको थियो भन्दा हुन्छ ।यसपटक उताबाट पठाउने क्रममा केही प्रक्रियागत झन्झट भएछ त्यसले केही ढिलाई हुन गएको हो । अव केही दिन भित्रै अभाव भएकै भएपनि हटिहाल्छ,’ उनले भने ।

ठिक एक बर्ष पुगेपछि एक डोज दिइने यो खोप लगाउने बालबालिकाको संख्या नेपालमा ६ लाख ६० हजार रहेको छ ।त्यसका लागि विभागले अहिले दुई लाख भन्दा केही बढी भाईल खोप ल्याउँदै गरेको जनाएको छ ।

‘एक भाईलमा ५ डोज खोप हुन्छ । तर खोलेपछि पाँचवटा बच्चा भेटिएन भने त्यसै खेर जान्छ । त्यसले हामीले १० लाख डोज जति ल्याउने गरेका छौँ ,’ उनले भने । चन्दले कतिपय अवस्थामा ४० प्रतिशत खोप खेर जाने गरेको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *