औषधि आयात संघको आन्दोलन जारी तर स्वरुपमा परिवर्तन
काठमाडौँ, ७ जेठ । सरकारले ३४ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने नेपाल औषधि आयातकर्ता संघले जनाएको छ । उसले आफ्नो नेतृत्वमा भएको आन्दोलनमा पेशागत संस्था तथा समूहबाट ऐकेवद्धता जनाउने क्रम बढेको जनाएको छ ।
यसअघि संघले ८ जेठसम्म सरकारले माग पुरा नगरे कडा किसिमको घोषणा गरेर अघि बढ्ने बताएको थियो । उसले मागको सम्वोधन नभए औषधि आयात ठप्प पार्ने तथा विलिङ बन्द गर्ने यसअघिको निर्णय भने फिर्ता लिएको जनाएको छ ।
संघका महासचिव पवन आचार्यले औषधि जस्तो सम्वेदनशील विषयमा विरामी तथा आम उपभोक्ताप्रतिको दायित्ववोध गर्दै हाललाई सो आयात ठप्प पार्ने र विलिङ बन्द गर्ने काम स्थगित भएको जनाए ।
ऐकेवद्धता जनाउने संस्था ६ पुगे
उता ३४ प्रकारका औषधि निशेष गर्ने सरकारी निर्णयको विरोधमा सुरु भएको आन्दोलनमा एकेवद्धता जनाउने संस्था छ पुगेको छ । संघको नेतृत्वमा भएको आन्दोलनमा पछिल्लो पटक नेपाल भेटनरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंक्षी औषधि व्यावसायी संघ रहेका छन् ।
यसअघि नेपाल औषधि आयात तथा विक्री प्रतिनिधी संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य तथा आयुर्वेदिक न्युट्रास्युटिकल्स समाजले ऐकेबद्धता जनाईसकेका छन् ।
सम्पर्क इमेल : [email protected]