अवैध रुपमा सञ्चालित दुई अस्पतालसहित सात स्वास्थ्य संस्थामाथि कारबाही
सर्लाही, ७ जेठ । स्वास्थ्य मन्त्रालयबाट खटिएको अनुगमन टोलीले अवैध रुपमा सञ्चालित सर्लाहीमा दुई अस्पताल सहित सातवटा स्वास्थ्य संस्थमा सिलबन्दी गरेको छ ।
सिलबन्दी गरिएका स्वास्थ्य संस्थामा नवलपुरमा रहेको १५ श्शैयाको नवलपुर मोडल हस्पिटल, नवलपुर फार्मेसी, जया हेल्थ कियरक्लिनिक , जया फार्मेसी, ओमानिका हेल्थकियर पोलिक्लिनिक, ओमनिका फार्मेसी रहेका छन् ।अनुगनम क्रममा दर्ता विना संचालन भएको भेटिएपछि यी संस्थाहरुमा सिल गरिएको हो ।
अनुगमनम टोलीले नवलपुरमै रहेको २५ श्शैयाको ब्रम्हभुमी हेल्थकियर रिसर्च प्रालि तथा हस्पिटललाई चौविस घण्टा भित्र जिल्ला जनस्वास्थ्यमा पुगेर आवश्यक प्रमाणपत्र पेश गर्न सचेत गराएको छ । सो अस्पतालले दर्ता भएपनि स्वास्थ्य संस्था संचालन स्वीकृति मापदण्ड पुरा नगरेको पाइएको थियो । त्यस्तै भवन आचारसहित समेत पुरा नगरेको पाइएको थियो ।
मन्त्रालयका उपसचिवद्धय भवनाथ खतिवडा र बाबुराम खनालको नेतृत्वमा बरिष्ठ अस्पताल प्रशासक डा हेमन्त चन्द्र ओझा, मन्त्रालयका अधिकृतहरु कृष्ण सुवेदी, शाअ सुरज घिमिरे, अमित पौडेल सहित जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला प्रशासन कार्यालय सर्लाही तथा जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीको टोली अनुगमनमा खटिएको टोली सदस्य सुवेदीले बताए ।
सम्पर्क इमेल : [email protected]