अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब ?
एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कलेजोको २५ प्रतिशतले मात्र काम गरिरहेको खुलासा गरेका छन् । हालै मुम्बईमा आयोजित हेपाटाइटिस रोगसम्बन्धी कार्यक्रममा सहभागी भएका उनले यो कुरा बताएका हुन् ।
‘मलाई कलेजोको यस्तो रोग छ, जो अधिक मदिरा सेवन गर्नेहरूलाई हुने गर्छ,’ अमिताभले भनेका छन्, ‘सन् १९८२ मा कुली फिल्मको सुटिङका क्रममा म नराम्रोसँग घाइते भएँ, त्यतिवेला मलाई धेरै पाउन्ड रगत चढाइएको थियो ।त्यतिवेला नै मलाई हेपाटाइटिसको संक्रमण भएको थियो ।’ उनलाई यो कुरा सन् २००४ मा मात्रै थाहा भएको रहेछ ।
आफ्नो ७५ प्रतिशत कलेजो बिग्रिएकाले भारतलाई हेपाटाइटिसमुक्त बनाउने अभियानमा लागिरहेको समेत उनले बताएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]