हृदयघात भएका एमाले नेता बडालको अवस्था खरतामुक्त
काठमाडौँ, २९ बैशाख । हृदयघात भई गम्भीर विरामी परेका नेकपा एमालेका बरिष्ठ नेता केशव बडाल स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
उपचारको नेतृत्व गरेका चिकित्सक डा रत्नमणी गजुरेलले बडालको अवस्था खतरामुक्त रहेको बताए ।
उनको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भई रहेको छ ।
दिउसो चार बजे तिर पेट दुखेको भन्दै चावहिलस्थित हेल्पिङ हेन्ड सामुदायिक अस्पताल पुगेका बडाललाई चिकित्सकले हृदयघातको आशंका गर्दै तत्काल मनमोहन अस्पतालमा रिफर गरेका थिए ।
इमरेजेन्सीमा पुगेका नेता बडाललाई डा गजुरेलको टोलीले दुई घण्टा भित्रै एन्जीओप्लास्टी गर्न सफल भएको थियो । ‘उहाँको मेजर हर्टएट्याक हो तर समयमै ल्याईपुरयाउनु भयो । त्यसले गर्दा कुनै खतरा हुन पाएन । मुटुका तीन मध्ये एक धमनीमा रगत जमेको थियो’ डा गजुरेलले भने ।
हेल्पिङ हेन्डका प्रमुख डा गुप्तबहादुर श्रेष्ठले समयमै अस्पताल आएको र समयमै रिफर भई समयमै सही व्यक्तिबाट उपचार पाउँदा खतरामुक्त अवस्थामा आएको बताए ।
गम्भीर विरामी परेको सुनेपछि अस्पतालमा अहिले एमाले नेता तथा कार्यकर्ताहरुको सामान्य भीड बढेको छ ।
सम्पर्क इमेल : [email protected]