महिनावारीका बेला बढी दुख्छ पेट ? यसरी गर्नुहोस् समाधान
विवाहिता महिलामा पाठेघरमा विभिन्न समस्या देखिएर पेट दुख्ने गरेको पाइए पनि अविवाहितामा भने अरू कारण कमै पाइन्छ । पाठेघरको मुख सानो हुनु नै अधिकांश अविवाहित युवतीहरूको पेट दुख्ने कारण देखिन्छ ।
पाठेघर एउटा खाली अंग हो । महिनावारीका वेला रगत निस्किने वेला पाठेघर खुम्चिन्छ । रगत जमेको छ भने पाठेघरको सानो मुखबाट निस्किन निकै गाह्रो हुन्छ ।
यस्तो वेला रगत बाहिर आउन पाठेघर जति धेरै खुम्चिन्छ, दुखाइ त्यति नै बढी हुन्छ । बिहे गरेपछि दुखाइ कम हुनुको कारण पाठेघरको मुख ठूलो भएर नै हो ।
कतिपयले धेरै पेट दुखेर खप्न नसक्दा पेनकिलर सेवन गर्ने गरेको पनि पाइन्छ । तर यसरी दुखाई कम गर्न पेनकिलर नै खानु ठिक होइन ।यसले भोलि असर गर्न पनि सक्छ ।बरु यस्तो वेला त मनतातो पानीले नुहाउने, सेक्ने गर्नुपर्छ । बरु, खप्नै नसक्ने अवस्था हो भने एकपटक चिकित्सकलाई देखाउनुहोस् ।
धेरै नै अप्ठ्यारो परेको छ भने सामान्य अप्रेसन गरेर पाठेघरको मुख खोल्न पनि सकिन्छ । नियमित व्यायाम र उचित खानपिनमा ध्यान दिएर यस्तो दुखाइ कम गर्न सक्नुहुन्छ ।
सम्पर्क इमेल : [email protected]