भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त
काठमाडौँ, २५ बैशाख । भरतपुर क्यान्सर अस्पताल चितवनको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन्।
अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले डा.आचार्यलाई निर्देशकमा नियुक्त गरेको हो। समितिले निर्देशकमा खुला रुपमा दरखास्त आह्वान गरेको थियो।
प्रतिस्पर्धामा आएकामध्ये कार्ययोजना र अन्तरवार्ताका आधारमा उत्कृष्ट रहेका डा. आचार्यलाई छनोट गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ। यसअघि सो अस्पतालको निर्देशकमा डा. चिनबहादुर पुन थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]