पत्थरी :
पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ ।
शुक्रकिट :
खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो हुन्छ ।
अप्रेसनपछि :
शरीरमा कुनै प्रकारको अप्रेसन गरिएको अवस्था छ भने खानामा बेसारको मात्रा पूरै बन्द गरिदिए राम्रो हुन्छ । बेसारले रगत जम्न दिँदैन । अप्रेसनपछि पनि बेसार खाइरहे घाउबाट रगत बगिरहनसक्छ ।