जम्बोटोली जेनेभा लैजान दाता गुहार्दै स्वास्थ्य मन्त्रालय (को को जाँदैछन् जेनेभा ?)

काठमाडौँ १९ बैशाख । देश चुनावी चटारोमा छ तर स्वास्थ्य मन्त्रालय भने यतिवेला अर्कै चटारोमा व्यस्त देखिएको छ । विश्व स्वास्थ्य संगठनको ७० औँ साधारण सभामा भाग लिन भन्दै जेनेभा जान लागेका १४ जनाको हवाई टिकट, बसाई खर्च र निर्वाचन आयोगसंग स्वीकृति लिने काममा व्यस्त भएको हो ।

‘स्वास्थ्य मन्त्री सहितको प्रतिनिधीमण्डललाई सहभागीताका लागि आमन्त्रण गरिएको भएपनि उताबाट टिकट उताबाट टिकट एउटा मात्रै आँउछ त्यसैलै मनोनयनमा परेका हरुको टिकट तथा खर्चको व्यवस्थाका लागि दातृ निकायलाई अनुरोध गर्नुपर्ने देखियो,’ गत १२ बैशाखमा मन्त्रालयको छात्रबृत्ति शाखाले उठाएको टिप्पणीमा भनिएको छ ।

को – को जाँदैछन जेनेभा ?

मन्त्रालय स्रोतका अनुसार जेनेभाका लागि मनोनयनमा पर्नेहरुमा स्वास्थ्य मन्त्री गगन थापाका  निजी सचिव शालिकराम दाहाल, प्रमुख सल्लाहकार प्रताप पौडेल, स्वकीय सचिव शैलेश सिटौला, सल्लाहकार अमित अर्याल रहेका छन् । त्यस्तै शाखा अधिकृत तुलसी भट्टराई र लेखा अधिकृत सुरेश शर्मा मरासिनी पनि सो टिममा परेका छन् ।

चिकित्सासेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने र अर्का उसचिव भक्तराज जोशीको नाम पनि मनोनयनका लागि तयार पारिएको प्रस्तावमा अटाएको छ ।

त्यस्तै नागरिक दैनिकका पत्रकार दीपक दाहाल समेत यसपटक जेनेभा जाने टोलीको लिष्टमा परेका छन् । उनले केही महिना अघि मात्रै चीनको बेजिङमा भएको डव्लुएचओकै अर्को सम्मेलनमा समेत मन्त्रीको टोलीसहित भाग लिने अवसर पाएका थिए ।

त्यस्तै अनुगमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह, परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताव केसी, नीति योजना तथा अन्तराष्ट्रिय महशाखाका भोगेन्द्रराज डोटेल र मध्य पश्चिम क्षेत्रीय अस्पतालका मेसु डा. डम्बर खड्काको नाम समेत मनोनयनमा परेको छ ।

यता हरेक मन्त्रीसंग नजिकको सम्वन्ध राख्न माहिर जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ यसपटक पनि जेनेभा जाने लिष्टमा अटाएका छन् । उनी चार बर्ष देखि लगातार महासभामा भाग लिने अवसर पाउने मन्त्रालयकै एक्ला कर्मचारी हुन् ।

निर्वाचनको संघारमा जम्बोटोली ?

‘विगतका स्वास्थ्य मन्त्रीहरुले यस्तैगरी टोली लैजाँदा जम्बोटोली र असम्वन्धीत टोली गएको भन्दै चर्को आलोचना हुने गरेको थियो । तर यसपटक टोलीको आकार र सहभागीहरु हेर्दा विगतको झल्को मेटिने निश्चित भयो,’ मन्त्रालयका एक अधिकारीले टिप्पणी गरे ।

उनले विगतका मन्त्रीहरुले बरु सरकारी कर्मचारीलाई प्राथमिकतामा राखेको भन्दै यसपटक मन्त्रीले सचिवालय र आफ्ना ‘कोर कर्मचारीको टिमलाई मात्रै  भ्रमणको अवसर गराएको  गुनासो गरे ।

‘एक त सचिवालयका त्यतिधेरै साथीहरुलाई त्यसरी लैजान आवश्यक नै होइन, फेरी यतिवेला चुनावको बेला छ । आचार सहिंताको कुरा पनि हुन्छ होला,’ ती कर्मचारीले अगाडी थपे, ‘आफ्नै मात्रै यसरी लैजाने हो भने त विगतका मन्त्री भन्दा के फरक भयो र ?’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

4 thoughts on “जम्बोटोली जेनेभा लैजान दाता गुहार्दै स्वास्थ्य मन्त्रालय (को को जाँदैछन् जेनेभा ?)

  1. Laaj mardo…..euta ijjat deuwa le fale nyaylayama arko Gagan le desh ko ijjat fale. India, brazil,Russia , USA. Bata jamma 3 Jana jadai Chan…nepal Bata 20 Jana….tamasha nai bhayo.

  2. Gagan ko hawadari guf……guf matra garne…..Mantri Lai nai desh ko ijjat nabhayepachi, kasko ke lagchha ra…..desh ko asmita nai bechisakeko desh ma….

  3. Geneva उड्न पैसा जहाँबाट खोजे पनि त्यो पैसा नेपाली जनतालाई आएको पैसा हो / त्यो पैसा त्यो देशका जनताले TAX तिरेर पठाएको हो / कुनै INGO कसैको विदेश सयर को नाउँ त्यसै खर्च गर्न पाउदैन / / गगन थापा american president Air force 1 मा नेपाली जनता को लागि बिजिनेश डिल गर्न हिंडे जस्तो/ गगन थापा गफ गर्ने मात्र हो/

  4. Thanks for Nepali health online news for good comments of Mahendra Shrestha. I have participated twice in World health Assembly actively, so correct this and thanks for your evaluation. I have capacity to establish good relations with all the ministers irrespective of any political ground because I love nation and try to work hard to serve the nation as public servant.

Leave a Reply

Your email address will not be published. Required fields are marked *