कान्तिका डाक्टर माथि मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ
काठमाडौँ ८ बैशाख । कान्ति बाल अस्पतालका डाक्टर मुकुन्दकुमार देव माथि मुक्का प्रहार गर्ने विरामीका आफन्त पक्राउ परेका छन् ।सोलुखुम्वु जिल्ला वेनी वडा नं ६ स्थायी भएका बर्ष २६ को अनिल श्रेष्ठ आज दिउसो साढे दुई बजे काठमाडौँ बानियाटार क्षेत्रबाट पक्राउ परेका हुन् ।
महाराजगञ्ज बृत्तका डिएसपी गोविन्द पुरीले डाक्टर माथि आक्रमण गरेको आरोप लागेका श्रेष्ठ पक्राउ परेको पुष्टि गरे । उनले श्रेष्ठ माथि अनुसन्धान सुरु भएको भन्दै सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने तयारी भएको बताए ।
श्रेष्ठले गत बुधबार दिउसो डिउटीमा रहेका डा. देव माथि मुक्का प्रहार गरि फरार रहेका थिए । सहकर्मीलाई आक्रमण गरेको विरोधमा कान्ति बाल अस्पतालका डाक्टरहरुले हिजो देखि विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।
सम्पर्क इमेल : [email protected]