भूकम्पपछि बन्द भएको लाङ्गटाङ्ग स्वास्थ्य चौकी बल्ल आयो सञ्चालनमा
रसुवा ८ बैशाख । महाविनासकारी भूकम्मले बन्द भएको लाङ्गटाङ्ग स्वास्थ्य चौकी दुई बर्ष पछि पुन सञ्चालनमा आएको छ । एक सामुदायीक भनवबाट स्वास्थ्य चौकी सेवा पुन सञ्चालन गरिएको हो ।
विसं २०७२ बैशाख १२ र २९ गतेको भूकम्पले स्वास्थ्य चौकी सहित लाङ्गटाङ्ग क्षेत्रलाई तहसनहस पारेको थियो । सोही भूकम्पमा परी त्यतिवेला स्वास्थ्य चौकीमा कार्यरत एक अनमी, एक कार्यालय सहयोगी र दुई जना महिला स्वास्थ्य स्वयंसेविकाको ज्यान गएको थियो ।
‘बन्द भएको दुई बर्ष पुग्न छ दिन बाँकी रहँदा हामीले सो क्षेत्रमा स्वास्थ्य चौकी पुर्न संचालनमा ल्याउन सफल भयौँ । अस्ति ६ गते देखि स्वास्थ्य चौकी पुर्न सञ्चालनमा आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा झलक शर्मा गौतमले भने ।
बन्द भएको स्वास्थ्य चौकी सञ्चालनमा ल्याउन भर्खरै जिल्ला प्रमुख भएर गएका डा गौतम आफै कस्सिएका थिए । उनकै सक्रियतामा एक अहेव र स्थानीय गुम्वाको सहयोगमा एक
जना स्टाफ नर्सलाई नियुक्त गरेपछि हेल्थपोष्ट सञ्चालनमा आएको हो । स्वास्थ्य चौकीको आफ्नै भवन नभएपछि सामुदायीक भवनबाट सेवा सुचारु गरिस्को छ ।
सदरमुकाम धुन्चेबाट दुई पैदल दुरीमा पर्ने लाङ्गटाङ्ग क्षेत्र जिल्लाकै विकट क्षेत्रमा पर्दछ । भूकम्प जानु अघि पर्यटकको चहलपहल हुने सो क्षेत्र त्यसपछि सुनसान बनेको छ । ‘भूकम्प पछिको दुई बर्षयता त्यसक्षेत्रमा रहेका सरकारी कार्यालयको उपस्थिति सुन्य प्राय छ । हामी नै पहिलो हौँ ,’ डा. गौतमले भने ।
स्वास्थ्य सेवा सञ्चालन भएपछि जनताहरुले खुशी व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारी औषधि र कार्यलय प्रयोजनका सामग्रीहरु संगसंगै पठाईसकेको छ ।
त्यसो त भूकम्पले स्वास्थ्य चौकी भत्काएपछि हालसम्म पनि स्वास्थ्य चौकीको भवन बन्न सकेको छैन् । स्वास्थ्य मनत्रालयसंग सम्झौँता गरि करुणा फाउण्डेशनले यहि असारसम्ममा स्वास्थ्य भवन बनाउने सम्झौता गरेको थियो तर हालसम्म पनि भवन निर्माणगर्ने बारे कुनै सुरसार समेत छैन ।
सम्पर्क इमेल : [email protected]