दुई भन्दा बढी सन्तान जन्माउने व्यक्ति सरकारी जागिरका लागि अयोग्य !

गुहाटी २८ चैत । आसामस्थित भारतीय जनता पार्टी नेतृत्वको सरकारले आइतबार राज्यको जनसंख्या नीतिको मस्यौदा जारी गरेको छ ।
समाचार एजेन्सी पीटीआईले आईतबार जारी मस्यौँदालाई हवाला दिदै लेखेको छ, ‘नयाँ नीतिले दुई भन्दा बढी सन्तान जन्माउने अभिभावक सरकारी जागिरका लागि अयोग्य हुनेछन् ।’ त्यति मात्रै होइन दुई भन्दा बढी सन्तान जन्माएका अभिभावकहरु पञ्चायती वा नगर निकाय चुनावमा समेत उठन पाउने छैनन् ।
आसामको स्वास्थ्य मन्त्री हेमन्त विश्व शर्माले गुवाहाटीबाट भने, ‘यो जनसंख्या नीतिको नयाँ मस्यौँदा हो । हामीले सुझाव दिएका छौँ कि दुई भन्दा बढी सन्तान जन्माउने आमा बाबु सरकारी जागीरका लागि योग्य हुँदैनन् ।’
मन्त्री शर्माले भने, ‘ यदि कसैले यो सर्त मानेर सरकारी सेवामा प्रवेश गर्छ भने उसले सेवा समाप्त नहुन्जेलसम्मका सर्त पालना गर्नै पर्छ । ‘मन्त्रीले अगाडी थपे, ‘रोजगार दिनेवाला योजनामा दुई बच्चाको सर्त लागु हुनेछ । राज्य चुनाव चुनाव आयोगको मद्धत लिएर यो नियम पञ्चायती तथा स्थानीय चुनाव पनि लागू गरिनेछ ।’
शर्मा आमास राज्यको शिक्षा विभागका प्रमुख समेत हुन् । उनले भने, ‘ नयाँ नीतिका उदेश्य छात्राहरुलाई विश्वविद्यालयसम्मको अध्ययन पूर्ण रुपमा निशुल्क हुनेछ ।’
- बीबीसी
सम्पर्क इमेल : [email protected]