चुरोट पिउने महिलालाई बाँझोपनको खतरा : अध्ययन्
एजेन्सी – चुरोट पिउने महिलालाई बाँझोपनको खतरा अधिक रहेको एक अध्ययनले देखाएको छ । अमेरिकाको रोजवेल पार्क क्यान्सर इन्टिच्युटले गरेको सो अध्ययनले चुरोट पिउँदा महिलाको प्रजनन् ग्रन्थीमा पुग्ने निकोटिनले नकारात्मक असर पारी प्रजनन् क्षमतामै ह्रास ल्याउने उल्लेख छ ।
त्यस्तै हार्मोेनको सन्तुलनमा समेत गडबढी उत्पन्न हुँदा महिलाहरुको महिनाबारीमा समेत गम्भीर असर पार्ने उल्लेख छ । अध्ययनका लागि इन्टिच्युटले वल्र्ड हेल्थ इनिशिएटिव अब्जरवेशनल स्टडी ( डव्लुएचआईओएस)को सहयोग लिएको थियो ।
डव्लुएचआईओएसले सो अध्ययनका लागि ९३ हजार महिला सहभागी गराएको थियो । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘चुरोट पिउने ( एक्टिभ स्मोकर्स) मात्रै होइन, पिउनेको नजिकै बसेको अर्थात (प्यासिभ स्मोकर्स)लाई समेत उस्तै असर पर्छ । त्यसैले यदि गर्भवती महिलाको श्रीमान्ले नजिकै बसेर चुरोट पिउछन भने त्यसको असर उनको गर्भवती श्रीमतीलाई मात्रै होइन पेटमा हुर्कदै गरेको सन्तानलाई पनि सजिलै पर्नसक्छ ।’
अनुसन्धानले धूमपान गर्ने महिलाको महिनाबारी समयभन्दा दुई चार बर्ष अघि नै रोकिन सक्ने बताएको छ ।
सम्पर्क इमेल : [email protected]