‘स्वाइन – फ्लू’ के हो ? कसरी जोगिने ?
सन् २००९ मा सुँगुर, मानिस र चरामा पाइने इन्फ्लुएन्जा भाइरसबीच triple reassortment भइ पहिलो पटक स्वाइन फ्लू देखा परेको थियो । त्यसको १ बर्ष भित्रै २१४ देशमा यो फैलन गई करिव १८ हजार मानिसको ज्यान लिएको थियो । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि उक्त रोगको भाइरस देखिएको छ ।
स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। यसलाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार हुन्छ।
‘म्युटेसन’का कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस H1N2,H3N2 ,H3N1 आदि रुपमा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ ।
यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।
स्वाइन फ्लूका लक्षणहरु :
कसरी फैलन्छ स्वाइन फ्लू ?
स्वाइन फ्लु सरुवा रोग हो । सर्वप्रथम त सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुरबाट यो भाईरस सर्ने गर्दछ। सुंगुरबाट सर्ने भए पनि राम्रोसँग पकाउँदा त्यसमा भएका कीटाणु पनि मर्छन् र मासु खाँदा भने यो रोग लाग्दैन ।
त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा संक्रमितले प्रयोग गरेको सामानको प्रयोग गर्दा विषाणु वातावरणमा फैलिन्छ र यो रोग अरुमा सर्दछ् । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । भाइरस शरीरभित्र गएको सात दिनभित्र स्वाइनको लक्षण देखिन सक्छ ।
यो रोगले विशेष गरी अङग प्रत्यारोपण गरेका, रोग प्रतिरक्षात्मक शक्ति कम भएका, अन्य जटिल रोगवाट संक्रमित व्यक्ति ,गर्भवति महिला ,बच्चा बालबालिका ,वृद्ध बूढाबूढीहरुलाई बढी सताउने गर्दछ ।
रोग लागिहाले के गर्ने ?
रोग लागिहाले डराइहाल्नु हुँदैन ।श्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ । होइन भने एक हप्ताको आरामले नै स्वाइनफ्लु निको हुन्छ ।
तनाव नलिने , प्रशस्तै पानी पिउने ,पौष्टिक पदार्थयुक्त खाना खाने , निद्रा पूरा गर्ने ,शारीरिक रूपमा सक्रिय रहने , सार्वजनिक स्थानमा नथुक्ने लक्षण देखिए कतै सार्वजनिक स्थानमा नजाने, अंकमाल, चुम्बन नगर्ने , अभिवादन गर्दा हात नमिलाउने आदि गर्नुपर्दछ ।
प्रयोगशालामा यस रोगको पहिचान गर्न ‘इम्मुनोफ्लोरिसेन्स स्टेनिङ ,एन्टिजेन सब्टाइपिङ , RT-PCR आदि गर्ने गरिन्छ।
बच्ने उपाय
यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो ।
समय-समयमा हात धोइरहने , खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो नाक र मुखलाई टिस्यु पेपरले छोप्ने र उक्त पेपरलाई तुरुन्तै डस्टबिनमा फ्याँक्ने , आफ्नो नाक वा मुखतिर बारम्बार हातलाई नलाने , खोकी लागेको व्यक्तिबाट टाढै रहने र लक्षण देखिएको शंका लागे तुरुन्त चिकित्सकसँग परामर्श गर्ने गर्नुपर्दछ ।
सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय ‘एन-९५’ मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही बच्ने उपायहरु हुन ।
यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ।
यस भाइरसको बिरुध्द ओसेल्टामिविर औषधि दिने गरिन्छ भने हाल सम्म २ ओटा मात्र भ्याक्सिन(ट्राइभ्यालेन्ट इनयाक्टिभेटेड र लाइव येटेनुयटेड) प्रयोगमा छन्।
सम्पर्क इमेल : [email protected]
Article ta leknu bhaya sir Tara article ma prayog bhayko photo ko link medicine today bata hatayara aafno raknu bhayacha ni … k aru ko page ma prayog bhayako photo tapai ko article ma prayog garna milchara without permission…it’s not fare sir ..aafno knowledge use garnu aru ko bata sapati linu bhanda . Thank u article Ramro cha .