यी हुन् दाँत स्वस्थ र चम्किलो बनाउँने घरेलु उपाय
तपाईँको दाँतले तपाईँको सुन्दरता मात्रै होइन तपाईँको व्यक्तित्व समेत झल्काउँछ । दाँत स्वस्थ रहँदा सुन्दरता व्यक्तित्व मात्रै होइन तपाईँको शरीर समेत स्वस्थ रहँन्छ । त्यसैले दाँत सुन्दर सफा र चम्किलो राख्न एकदमै जरुरी छ । दाँत सफा सुन्दर र चम्किलो बनाउन दैनिक दुईपटक ब्रस त गर्नै पर्छ त्यसबाहेक केही घरेलु उपाय पनि छन् जसले तपाईँको दाँत चम्किलो बनाउँछ । ती उपायहरु यसप्रकार छन् :
सुन्तला : सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।
स्ट्रबेरी : स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने ।
कागती–नुन : कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।
तुलसीको पात : तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सस्र्युंको तेलमा मिलाएर दाँत सफा गर्ने ।
स्याउ : दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने हुँदा दाँतलाई दह्रो बनाउँछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com