बाँकेमा हैजा रोगविरुद्वको खोप अभियान सुरु
बाँके, १५ मंसिर – हैजा विरुद्धको खोप अभियान बाँकेमा सुरु भएको छ ।
पहिलो चरणअन्तर्गत मङ्गबारदेखि १८ गतेसम्म र दोस्रो चरण पुस २ गतेदेखि ६ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।
यो खोप एक वर्ष माथिका सबैलाई भए पनि गर्भवती र सिकिस्त बिरामीले खान नहुने उनले बताए।
विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्र निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो ।
यसैबीच बाँकेको टिटिहिरिया गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसका १९२ जनाले लगाउनुपर्ने सबै ११ प्रकारका खोप लगाएपछि सो गाविसलाई पूर्र्ण खोपयुक्त गाविस घोषणा गरिएको गाविस सचिव तप्तराज आचार्यले बताए। रासस
सम्पर्क इमेल : [email protected]