चिकित्सा विधामा आज एक हजार ३७७ विद्यार्थी दीक्षित हुँदै

0
Shares

ku

बनेपा,७ मङ्सिर –  काठमाडौँ विश्वविद्यालयले आज  (मङ्गलबार) मेडिकल क्षेत्रको स्नातक र स्नातकोत्तर तहका एक हजार ३७७ विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

सो समारोहमा युनिभर्सिटी अफ वेस्टर्न सिड्नी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभर प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

त्यस्तै यही मङ्सिर १३ गते दोस्रो चरणमा हुने अन्य विषयका विद्यार्थीको दीक्षान्त समारोहमा भने भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रिसिडेन्ट तथा प्रमुख कार्यकारी डा प्रतापभानु मेहता लगायत सहभागी हुने केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *