खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना

108
Shares

healthpost1

खोटाङ, ६ मंसिर –  दिक्तेल नगरपालिका–१४ स्थित खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा रामबहादुर केसी बताए। स्वास्थ्य केन्द्र स्थापना गरिएसँगै खानीडाँडावासीले वर्षौंदेखि अस्पताल धाउनुपर्ने समस्या समाधान भएको छ ।

स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, झाडापखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको सामान्य उपचार हुने गर्दछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *