जिका भाइरसको प्रकोप नघटेपछि थप सतर्कता

0
Shares

jika

याङ्गोन, २९ कात्तिक –  म्यानमारमा विगत लामो समयदेखि देखिएको जिका भाइरसको प्रकोप नघटेपछि यसका विरुद्धमा सतर्कता अपनाउन भनेको छ ।

म्यानमार सरकारले शनिबार सार्वजनिक सूचना जारी गरी भाइरसको प्रकोप भएका क्षेत्रमा सतर्कता अपनाउन र औषधि उपचारका लागि चिकित्सकहरुलाई तयारी अवस्थामा राख्न भनेको हो ।

म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा गत हप्ता जिका भाइरसको एकजना विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको थियो । त्यसपछि शनिबार पनि सोही सहरमा अर्को एकजना संक्रमित भेटिएको थियो ।

याङगोन सहरमा एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको थियो । शनिबारमात्र पनि अर्का एक म्यान्माली नागरिकमा सो सो संक्रमण भेटिएको छ ।

सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस भाइरसको संक्रमणबाट गर्भवती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।

लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ ।
जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् । रासस /सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *