नुहाएपछि छाला फुस्रो हुन नदिन यसो गर्नुहोस्

नुहाएपछि शरीर रुखो बन्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । तर, यो कुनै ठूलो समस्याले होइन । स–साना कुरामा विचार नपुर्‍याउँदा नुहाएपछि छाला फुस्रो हुने गर्छ । नुहाएपछि छाला फुस्रो हुनबाट जोगाउन गर्नुहोस् यी काम :

healthy-skin-girl

तातो पानी प्रयोग नगर्ने :
तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

पानीमा तेलको मिश्रण :
नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने :
साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

हनी प्याकको प्रयोग :
मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

मस्चराइजर लगाउने :
छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *