सावधान ! दशैँमा अत्यधिक प्रयोग हुने यी खानेकुराले क्यान्सर पनि हुनसक्छ

- नेपाली हेल्थ
किशोरकुमार प्रधानांग, प्रमुख, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग भरतपुर ,चितवन
किशोरकुमार प्रधानांग, प्रमुख,
क्यान्सर रोकथाम, नियन्त्रण
तथा अनुसन्धान विभाग
भरतपुर ,चितवन

हामी माझ महान पर्व बडा दशैँ आइसकेको छ । यो पर्वमा ठूला बढासंग आशिर्वाद लिने त छँदैछ । सपरिबार आफन्त जम्माभएर मिठा मिठा खानेकुरा खाने चलन हुन्छ । तर हामीले दशैँमा खाने कतिपय पदार्थले अस्वस्थ बनाउन सक्छ । अथवा कतिपय पदार्थहरुको प्रयोग क्यान्सर रोग बनाउने कारक पनि हुनसक्छ । तसर्थ दशैँका बेलामा यी कुराहरुमा विशेष ध्यान दिऔँ

१. सूर्तिजन्य पदार्थको सेवन गर्नाले :

दशैँका बेलामा कतिपयले अझैँपनि चुरोट खैनी तमाखु जस्त पदार्थहरु कोशेलीका रुपमा लैजाने चलन छ । तर यसको सेवनले प्रत्यक्ष रुपमा स्वास्थ्यमा हानी पुरयाउछ । चुरोेट,बिंडी,खैनी,सुर्ती जस्ता सुर्तीजन्य पदार्थहरुमा चारहजार भन्दा बढी प्रकारका हानिकारक रसायनिकतत्वहरू रहेका हुन्छन र यसमध्ये करीव ५० प्रकारका रसायनिक तत्वहरू जस्तै कार्वन मोनोक्साइड, वैन्जपाइरिन,पोलिसाइक्लिक हाइडोेकार्वन ,नाइट्रोसामाइन,अलडिहाइड आदिले विभिन्न अंगहरुको क्यान्सर गराउछ । सूर्तिजन्य पदार्थको सेवनले फोक्सो,जिव्रो,गिजा,गाला, घांटि,अन्ननली, आमाशय,पाठेघर,पिसाव थैली र प्रोष्टेट आदिअंगहरुको क्यान्सर हुने भएकोले यसको प्रयोग गर्न हुँदैन ।

२. जाँड, रक्सीको अत्यधिक सेवन गर्नाले :

अमेरिकन हार्ट एसोसिएसनंका अनुसार पुरुषहरुले ४५ एमएलसम्म दिनको २ पटक र महिलाहरुले १ पटक भन्दा वढि मध्यपान गरेमा अन्ननली, आमाशय,कलेजो र स्तनका साथै विभिन्नअंगहरुको क्यान्सर हुन्छ । चाडबाडको मौका छोपी हामीकहाँ अत्यधिक मदिरा सेवन गर्ने चलन छ । यसलाई रोक्नुपर्छ ।दशैँजस्तो चाडपर्वको बेलामा रक्सीको अत्यधिक खपत हुने गरेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ ।

SONY DSC

३.पोलेर डढेको मासु र अन्य खानेकुराहरू खानाले :

दशैंमाप्राय धेरैले मासु पोलेर खाने गर्दछन् । पोलेर डढेको मासुमा कार्सिनोजन हुने भएकोले वढि खाएमा आन्द्रा र रेक्टमको क्यान्सर हुनेसम्भावना बढी देखिन्छ । त्यसैले मासु कहिल्यै पोलेर खानु हुँदैन् ।

४.चिल्लो बोसोयुक्त खानेकुराहरू र धेरै नुन खानाले :

दशैँमा खसी बोका राँगा, बंगुर जस्ता रेड मिट वढि खाने चलन हुन्छ । यसले स्तन,आन्द्रा,रेक्टम,पानक्रियाज,प्रोष्टेट,किडनी,फोक्सो आदिअंगहरुको क्यान्सर बढी हुने सम्भावना हुन्छ । त्यसैले यस्ता मासुहरु सकेसम्म नखाँऔँ , खानैपरेपनि नियन्त्रण गरेर खाऔँ ।

५.अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधिप्रयोग गरिएकाखानेकुराहरू खानाले :

दशैं,तिहार,छठ जस्ता पर्वहरुमा अधिक प्रयोग हुने खाद्य पदार्थहरुमा अखाद्य रंग, रसायनिक मल, किटनाषक औषधि प्रयोग हुने गरेको पाइन्छ । त्यसैले खाद्य पदार्थको खरीद गर्दा यस्ता कुरामा ध्यान दिऔँ, किनकी यस्ता खानाले आमाशय,घाटी,आन्द्रा आदिअंगहरुको क्यान्सर हुने भएकाले यी खानेकुराहरु नखाएको राम्रो ।

६.बासी, सडेगलेको र ढुसी परेको खानाहरू खानाले :

बासी,सडेगलेको खानाहरुमाआंखाले नदेखिने मसिना ढुसीहरु हुनसक्छ । यसमा हुने अफ्ला टोक्सिनहरुले आमाशय, कलेजो र आन्द्राहरुको क्यान्सर हुने भएकोले प्रयोग गर्नु हुँदैन ।


Facebook Comment


थप समाचार