तुलसीको पात र बेसारका ८ फाइदा
एक मुठी तुलसीको पात र आधा चम्चा बेसारको धूलो या काँचो बेसारको एक सानो टुक्रा एक कप पानीमा उमालेर पिउने गर्नाले बिभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ ।
१. तुलसी र बेसार मिलाएर बनाएको चिया पिउने गर्नाले खोकी लाग्ने तथा घाँटीको समस्याका लागि फाइदाजनक हुन्छ ।
२. यसको सेवनले मिर्गौला सफा राख्नुका साथै शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।
३. तनाव भएका बेला यसको एक कप चिया बनाएर पिउनाले तनाव कम गर्छ । र रगत प्रवाहमा मद्दत मिल्छ ।
४. यसको नियमित सेवनले पेट सम्बन्धी बिभिन्न समस्या समाधान हुनुका साथै कब्जियत बाट बचाउँछ ।
५. पेटमा एसिडको मात्रा नियन्त्रण गर्नुका साथै एसिडिटीबाट टाढा राख्न मद्दत गर्छ । शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
६. यसको नियमति सेवन गर्नाले शरीरको बिभिन्न समस्या समाधान हुन्छ र पेटको अल्सर हुनबाट जोगाउँछ । साथै पाचन क्रियालाई मजबुत बनाउँन मद्दत गर्छ ।
७. यसको सेवनले शरीरमा एलर्जी जस्ता समस्याबाट छुटकारा मिल्छ ।
८. बेसार र तुलसीको चिया नियमित सेवन गर्नाले प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर हुनबाट बचाउँछ र शरीरमा शक्ति पैदा गर्छ ।
सम्पर्क इमेल : [email protected]