स्वास्थ्य चौकीको विद्युत काटिएपछि टर्च बालेर उपचार

0
Shares

काठमाडौँ ३ असोज – विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत लाइन कटौती गरेपछि विरामीको उपचारमा समस्या भएको छ ।healthpost1

प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र मनहरीको विद्युत लाइन काटेको हो ।

विद्युत लाइन काटिँदा प्रसुति सेवा प्रदान गर्न र रातको समयमा आकस्मिक बिरामीको उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य चौकी मनहरीका हेल्थ असिस्टेन्ट टीकाराम अधिकारीले बताए ।

‘राति टर्च बालेर उपचार गर्नुपरेको छ, उनले भने ‘विद्युत कटौती भएपछि प्रसुति सेवा बन्द भएको छ’ । फ्रिजमा राख्नुपर्ने औषधि र भ्याक्सिन विद्युत अभावमा हेटौडाबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *