मिर्गौैला रोगीलाई आर्थिक सहयोग
मोर०, ३१ भदौ – मोरङ राजघाट–८ निवासी मिर्गौलाबाट पीडित हुनुभएकी राधादेवी कटुवालको उपचारका लागि बिहीबार साँझ उर्लाबारीमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
छोरी घर उर्लाबारीमा साउदी अरबबाट छुट्टीमा स्वदेश आएका उर्लाबारी—४ का गोपाल कार्कीले १५ हजार रुपैयाँ मिर्गौैला रोगी कटुवालकै हातमा हस्तान्तरण गरेका हुन्। कार्कीले आफ्नो घरगाउँको पीडालाई आफ्नै पीडा सम्झेर सानो सहयोग गरेको बताए । कार्कीले आफूले विदेशमा आफू र आफ्नो साथीबाट सहयोग सङ्कलन गरेको बताए ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी कुलबहादुर कार्की, स्थानीय सञ्चारकर्मी तेजन खड्का, न्यानो अभियान उर्लाबारीका प्रतिनिधि ज्ञानु योन्जन लामा, महेन्द्र थेगिम र बिरामीको परिवार तथा छिमेकीको उपस्थिति थियो ।
बिरामीकी छोरी रिताले आफ्नो क्षमताले भ्याएसम्म गरिसकेको र उपचार गर्ने रकम अभावमा आमा जीवनमरणको दोसाँधमा रहेको बताए । उनले भनिन् “आर्थिक समस्यामा केही मलमपट्टी भए आमाले नयाँ जीवन पाउनुहुने थियो ।” उनले आमाको उपचारका लागि सहयोग गर्न पुनः अनुरोध गरेकी छन्। रासस
सम्पर्क इमेल : [email protected]