कुष्ठरोगबाट पीडित वीरबहादुरको उपचार सुरु

0
Shares

जाजरकोट, २६ भदौ –  अर्थाभावका कारण कुष्ठरोगबाट पीडित भई जङ्गलमा बस्दै आएका नायकवाडा– ८ ताँसीका वीरबहादुर विकको उद्धार गरिएको छ । अहिले उहाँको सुर्खेतमा उपचार भइरहेको छ ।

आइएनएफ’ सुर्खेतले उद्धार लगत्तै भदौ १६ गतेदेखि उपचार सुरु गरेको हो ।

ताँसीका वीरबहादुर कुष्ठरोग लागेपछि ५ वर्षदेखि जङ्गलमा बस्न वाध्य थिए । पचास वर्षीय वीरवहादुरसँग सम्पत्तिको नाममा दुई वटा कुखुरा मात्र थियो ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका महामारीजन्य रोगका सम्पर्क व्यक्ति कृष्णबहादुर खत्री र स्थानीय पत्रकार तीर्थराज बोहराको सहयोगमा उनलाई जिल्ला सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको हो । बिरामी वीरबहादुरको यातायात, बिरामी हेरदेख सबै खर्च आइएनएफ सुर्खेतले बेहोरिरहेको सम्पर्क व्यक्ति खत्रीले जानकारी दिए ।

यातायातको पहुँच नभएका कारण वीरबहादुर अब मेरो जीवन यतिकै जङ्गलमै जान्छ भनेर दिनरात रुँदै बाँचिरहेका थिए । कुष्ठरोगले गर्दा ठूल्ठूला घाउ शरीर भरि रहेपनि उपचारसँगै अहिले विस्तार सुक्दै गएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *