पालुंगोकोऔषधीय गुण
पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । यसको सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला ।
पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०।७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।
पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।
पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन मद्दत पुग्छ ।
पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ ।
नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।
जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।
रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।
थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।
सम्पर्क इमेल : [email protected]