जगिङ गर्दा फाइदै फाइदा

jogging हरेक दिनको दौडाइ अर्थात् जगिंङले शरीरमा आखिर के फाइदा गर्छ ? अमेरिकाको मायो क्लिनिकलगायत केही स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेका छन् :

–मांशपेशी स्ट्रेचिङ हुन्छ र बलियो बन्छ । हड्डी पनि मजबुत बन्छ ।
–शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनासँगै बाहिरिन्छ र तौल घट्छ ।
–पूरै शरीरमा रक्तसन्चार सहज हुन्छ । ब्लड प्रेसरको समस्याबाट मुक्ति मिल्छ ।
–इन्सुलिन बन्ने प्रक्रिया ठीक भएर रगतमा सुगरको मात्रा कन्ट्रोल गर्छ ।
–हर्ट बिट रेगुलर हुन्छ । मुटुरोगबाट बँच्न सकिन्छ ।
–शरीरमा एडरालिन नामक हर्मोन सही प्रक्रियामा बन्छ र राम्रो निद्रा पर्छ ।
–फोक्सोको पनि कसरत हुन्छ, स्वासप्रस्वाससम्बन्धी रोगबाट बच्न सघाउँछ ।
–दिमागमा रगत र अक्सिजनको सन्चार राम्रोसँग हुन्छ । डिप्रेसन र स्ट्रेसको समस्या हुँदैन ।
–शरीरका कोशिकाहरु बलिया हुन्छन् र इन्फेक्सनबाट बचाउँछ ।
–अनुहारमा रक्तसंचार राम्रो हुँदा प्राकृतिक चमक आउँछ ।

जगिङ गर्नुअघि ध्यान दिनुपर्ने कुरा :

–हेवी डाइटिङ गरेर जगिङमा ननिस्किनुहोला । हेवी डाइटिङलगत्तै जगिङ गर्दा डाइजेस्टिव मसल्समा असर पार्छ । पेट दुख्ने, उल्टी हुने तथा पखालाको समस्या पर्न सक्छ । हेवी खानापछि कम्तिमा तीन घन्टापछिमात्रै जगिङ गर्नुपर्छ । हल्का नास्ता पनि एक घन्टा पहिल्यै खाएको हुनुपर्छ ।

–जगिङमा निस्किनुअघि धेरै पानी पिउनु ठीक होइन । सोडियम लेभल कम भएर दिमागका सेल्समा नकारात्मक असर पार्न सक्छ । एक घन्टा दौडिने योजना हो भने दौडिनुभन्दा एक घन्टाअघि दुई गिलास पानी पिउनुहोला । केही बेरमा बाथरुम जान सकिन्छ । दौडिनुभन्दा तत्काल अगाडी चाहिँ आधा गिलास पानी पिउँदा फरक पर्दैन ।

–जुत्ता राम्रो रोज्नुहोस् । हिल भएको र निकै कँसिलो जुत्ता लगाउनु हुँदैन । दौडिनुअघि स्ट्रेचिङ र वार्मअप पनि गर्नुहुन्न । नसामा समस्या निम्तिन सक्छ । सुरुमा हल्का दौडिने, बिस्तारै–बिस्तारै । मांशपेशी केही तातेपछि मात्रै दौडको दर बढाउन सक्नुहुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *