अनुमति बिना सञ्चालित औषधि पसलमा ताला

0
Shares

tala

लमजुङ, १५ भदौ – लमजुङको मध्यनेपाल नगरपालिका रम्घामा रहेको एक औषधि पसल बन्द गरिएको छ ।

जिल्ला जनस्वाथ्य कार्यालय लमजुङले अनुगमनका क्रममा आज शाही मेडिकल सेन्टर नामको औषधि पसल बन्द गराएको हो ।

प्रविधिज्ञ नराखेको, अनुमतिबिना औषधि बिक्री वितरण गरेको, बिरामीलाई भर्ना समेत गरी उपचार गर्ने गरेको भेटिएपछि अनुगमन समितिले औषधि पसल बन्द गराएको वरिष्ठ जनस्वास्थ्य अधिकृत सतिश विष्टले बताए।

उनका अनुसार उदिपुर, भोटेओडार, सुन्दर बजारको पाउदी, मध्यनेपालको दुईपिप्ले, सोतिपसललगायतका बजारमा रहेका औषधि पसलको अनुगमन गरिएको थियो । ती स्थानमा सञ्चालित औषधि पसलमा सामान्य त्रुटि फेला परेको र १५ दिनभित्र सच्याउन निर्देशन दिइएको विष्टले जानकारी दिए।

अनुगमन टोलीमा वरिष्ठ अधिकृत विष्टसहित जनस्वास्थ्य निरीक्षक त्रिलोक गुरुङ, डा. सुष्मिता खड्का, स्वास्थ्य प्रविधिज्ञ निरज श्रेष्ठ, उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बर अधिकारीलगायत थिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *