जङ्गली च्याउ खाँदा तीन बिरामी
मोरङ, १२ भदौ – मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् ।
जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ बिरामी परेका हुन् ।
बिरामी परेका तीनै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइहेको छ । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]