स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

132
Shares

kpoli

काठमाडौँ, ९ भदौ – एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

उनी नियमित उपचारका लागि त्यहाँ जान लागेका हुन् । मृगौला प्रत्यारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी परेपछि उनको भारतको नयाँदिल्ली र थाइल्यान्डमा उपचार भएको थियो । त्यसपछि उनी नियमित स्वास्थ्य परीक्षणका लागि जाने गरे पनि प्रधानमन्त्री भएपछि भने गएका थिएनन् ।

उनी झन्डै दुई साता विदेशमा रहने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *