आँगन मिठाइ पसललाई कारबाही गर्न माग

224
Shares

agan midai

काठमाडौँ, ८ भदौ – पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट गरिएको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ ।

अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा आयोजित अन्तक्र्रियामा वक्ताहरुले सरोकारवालाले मानव स्वास्थ्यमा गम्भीर असर पर्नेगरी ती मिठाइमा अखाद्य वस्तु मिसावट गरिएको भन्दै अनुगमन गरी त्यस्ता मिठाइ पसल बन्द गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज माइला लामाले अखाद्य वस्तु मिसावट गरेर मिठाइ बेच्ने पशुपति फुड्स प्रालि आँगन मिठाइ पसललाई तत्काल कारबाही गर्न माग गरे ।

श्रम विभाग बागमतीका कारखाना निरीक्षक शङ्कर सिंह धामीले मिठाइका परिकारको स्रोत खुवामा कोलीफर्म जीवाणु मिसाउनु गलत भएको बताए। अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका सचिव भानु आचार्यले मिठाइ परिकार खुवाएर उपभोक्ताको स्वास्थ्यमाथि अपराध गर्ने जुनसुकै संस्था वा व्यक्तिमाथि कारबाही गर्नुपर्छ भने ।

उपभोक्ताको गुनासोपछि तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनको अनुगमन टोलीले गत असार १७ गते गरेको नमुना सङ्कलनमा आँगन मिठाइ पसलको मिठाइको मुख्य स्रोत खुवामा मानव दिसामा पाइने कोलीफर्म जीवाणु भेटिएको थियो । अनुगमन टोलीले आँगनलाई कुनै पनि प्रकारको मिठाइ बिक्री नगर्न निर्देशन दिइएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *