उपचाररत बालकको मृत्यु पछि इशान अस्पतालमा तोडफोड
काठमाडौँ, ७ भदौ – उपचारका क्रममा बालकको मृत्यु भएपछि बसुन्धरास्थित इशान बाल अस्पताल तोडफोड भएको छ । त्रिवि शिक्षण अस्पतालबाट गएराती रिफर गरि इशान पुरयाइएका धर्मस्थलीका तीन बर्षीय बालक बि कृष्ण महर्जनको आज विहान साढे पाँच बजे ज्यान गएको थियो ।
अस्पतालमा जम्मा भएका बालकका परिबार तथा आफन्तहरुले उपचारमा चिकित्सकको लापरबाही भएको निस्कर्ष निकाल्दै विहान साढे एघार बजे एकाएक तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट अस्पतालको बाहिरको झयालको सिसाहरु फुटेको छ ।
निमोनियाबाट ग्रस्त बालकको त्रिवि शिक्षण अस्पतालमा उपचार भएपनि आइसियु भेन्टिलेटर चाहिने भन्दै राती १२ बजे इशान रिफर गरेको थियो । इशानमा पुरयाएपछि केही क्षण सुधार भएपनि विहान ५ बजे बालकको अवस्था क्रिटिकल भएको थियो ।
अस्पतालका सञ्चालक डा. आरपी चौधरीका अनुसार विहान एक्कसी स्वासप्रस्वास मुटुको चालमा खराबी आएपछि भेन्टिलेटरमा राख्न परिबारसंग सहमति माग्दा नपाएपछि बच्चाको ज्यान गएको हो । ‘शिक्षण अस्पतालबाट ल्याउदा नै अवस्था खराब थियो बीचमा केही सुधार पनि भयो उनले भने , तर विहान पाँच बजे तिर एकाएक विग्रियो सिपिआर गरेर मुटुको चाल त फर्काउन सक्यौँ तर थप उपचारका लागि भेन्टिलेटरमा लैजान उहाँहरुले मान्नु भएन ,’ नेपालीहेल्थसंग उनले भने ।
अस्पतालको लापर्वाहीविरुद्ध बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुमध्ये तीनजनालाई प्रहरीले गिरफ्तार गरेपनि पीडितपक्ष झनै आक्रोशित भएका हुन् । आक्रोशित भीडलाई नियन्त्रण गर्न इशान अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अस्पताल प्रशासन र मृतकपक्षबीच वार्ता चलिरहेको जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]