पूर्वाञ्चलमा ब्रुसिला एबोरटस रोगको बिरामी फेला

विराटनगर, ६ भदौ – पूर्वाञ्चलमा पहिलो पल्ट ब्रुसोसिस अर्थात् ब्रुसिला एबोरटस रोगको बिरामी फेला परेको छ ।

पाल्तु जनावरबाट सर्ने सो रोग झापाका एक व्यक्तिमा देखिएको विराटनगरस्थित लाइफ गार्ड अस्पतालले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बिरामीलाई कडा ज्वरो आउने, बान्ता हुने, बेहोस हुने र क्रमिक रुपमा कलेजो, मुटु बिगँ्रदै गएर मृत्यु हुने सम्भावना रहेको उपचारका संलग्न डा अस्मितानन्द ठाकुरले जानकारी गराए । गम्भीर अवस्थामा रहेका रोगीको रगत परीक्षणबाट सो रोग पुष्टि भएको उनले बताए।

अचेतावस्थामा भर्ना भएका बिरामी एक साता भेन्टिलेटर राखेर रोगको पहिचान गरी उपचार गरेपछि यतिखेर बोल्न सक्ने, खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् ।

गाईगोरु र खसीबाख्राको गोबर र दिसाबाट सर्ने सो रोग खासगरी दक्षिण अमेरिका र युरोपका मुलुकका देखिने गरिएको अस्पतालका अध्यक्ष डा कैलाशकुमार श्रेष्ठले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *