भक्तपुरमामा पनि मुटुको चालसम्वन्धी उपचार गर्ने क्लिनिक

0
Shares

भक्तपुर, २७ साउन – भक्तपुरमा मुटुको चाल गडबडीसम्बन्धी रोगको उपचार सुरु हुने भएको छ । आज गठ्ठाघरमा हेल्दी हार्ट क्लिनिक एन्ड मल्टी स्पेसियालिटी सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष एवम् मुटुको चाल गडबडीसम्बन्धी रोगको विशेषज्ञ डा रोशन राउतले यस प्रकारको सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने, “मुटुको चाल गडबडीसम्बन्धी रोगको विशेषज्ञ सेवा प्रदान गर्न यस प्रकारको क्लिनिक सञ्चालन गर्दैछौँ, अब यो रोगका बिरामीले भौतारिँदै विभिन्न अस्पताल र विदेशमा जानु पर्दैन ।”

नेपालको गङ्गालाल अस्पतालबाहेक अन्यत्र यस प्रकारको सेवा नभएको बताउँदै उनले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र उपत्यकाका बिरामीलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

क्लिनिकका निर्देशक राम आचार्यले मुटुको चाल गडबडीसम्बन्धी रोगका साथै क्लिनिकले मुटुरोग, हेल्थ प्याकेजका रुपमा मुटु कै विभिन्न सेवा, जनरल मेडिसिन, मधुमेह, थाइराइड तथा हर्मोन, हाडजोनी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, बाल रोग, छाला रोग, आँखा रोग, पेट तथा नशाको भिडियो एक्सरे, एक्सरेलगायतका सेवा सञ्चालन गरिने जानकारी दिए।
क्लिनिक आगामी शनिबारबाट सञ्चालनमा आउने भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *