लोकसेवाको पश्चिमाञ्चलमा नतिजा : स्टाफनर्स र पव्लिक हेल्थ नर्स गरी ५० जनाको नाम निस्कियो
काठमाडौँ २७ साउन – लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले गत २५ बैशाखमा लिएको स्वास्थ्य सेवा समूह जनरल नर्सिङ समूह अन्तर्गत स्टाफ नर्स पाँचौं तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगका अनुसार रिक्त कुल २२ सिट पदपूर्तीका लागि मागिएको दरखास्तमा ८२३ जनाले फारम भरि परीक्षामा सहभागी भएका थिए । आयोगले लिखित परीक्षामा ४० जनाको नाम प्रकाशित गरेको छ । लिखित परीक्षामा नाम निकालेकाहरुको अन्र्तर्वार्ता २६ देखी २८ भदौसम्म चल्ने बताइएको छ ।
त्यस्तै आयोगले पव्लीक हेल्थ नर्स तर्फ रिक्त २ पदका लागि लिइएको परीक्षामा १० जनाको नाम निस्किएको छ । उनीहरुको अन्तर्वार्ता २९ भदौका दिन तोकिएको छ ।
स्टाफ नर्स तर्फ :
पब्लिक हेल्थ नर्स तर्फ
सम्पर्क इमेल : [email protected]